होण्डाको स्कुटर किन्दा ठिमीका गोकुल लामिछानेले जिते १० लाख
आइतबार, १६ वैशाख २०८१, १७ : ३१
काठमाडौँ । होण्डाको मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा ल्याएको उपहार योजनामा एक ग्राहकले १० लाख रुपैयाँ जितेका छन् । ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपैयाँ जितेका हुन् । उनले भक्तपुरको गठ्ठाघरस्थित मेट्रो अटो सेन्टरबाट ग्राजिया एटीबी बीएस६ स्कुटर खरिद गरेका थिए ।
लामिछानेले स्क्रयाच कुपन मार्फत दस लाख रुपैयाँ जितेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठ सम्म थप गरेको जनाएको छ ।