आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नु आवश्यक छ : मन्त्री गुरुङ

आइतबार, २८ माघ २०८०, १७ : ५२
आइतबार, २८ माघ २०८०

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नुपर्ने बताएकी छन् । 

शुक्रबार नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुलहरु निर्माण सम्पन्न भएको उपलक्ष्यमा गरिएको तस्बिर प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले झोलुङ्गे पुलहरुलाई पर्यटनसँग जोड्नुपर्ने बताएकी हुन् । उनले विगतमा झोलुङ्गे पुलहरु केवल एक गाउँबाट अर्को गाउँ जानको निम्ति र खोला वारपार गर्ने प्रयोजनको निम्ति बनाइने गरेको उल्लेख गर्दै अब शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँग जोड्नुपर्ने बताइन् । 

मन्त्री गुरुङले झोलुङ्गे पुललाई खोलानालामा मात्रै केन्द्रित नगरी पर्यटनको सम्भावना भएका ठाउँहरुमा पनि निर्माण गर्नुपर्ने बताइन् । एक पहाडबाट अर्को पहाड जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिइन् । यसको निम्ति मन्त्रालयले नीतिगत व्यवस्था गरिसकेको पनि उनले स्पष्ट पारिन् ।

मन्त्री गुरुङले झोलुङ्गे पुललाई नागरिकको जनताको आय–आर्जनसँग जोड्नुपर्ने पनि बताइन् । उनले भूगोल अनुसार कहाँ के को व्यावसायिक खेती गर्न सकिन्छ भनेर सूचिकृत गर्न सकेमा सो क्षेत्रको आर्थिक समृद्धिमा सघाउ पुग्ने पनि बताइन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप