आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो २४५ रनको लक्ष्य

आइतबार, २८ माघ २०८०, १८ : २३
आइतबार, २८ माघ २०८०

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको शुक्रबारको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि दुई सय ४५ रनको लक्ष्य दिएको छ । अहमादाबाटस्थित नरेन्द्र मोदी स्टेडियममा टस जिती पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ४४ रन बनायो । 

अफगानिस्तानका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान अजमतुल्लाह ओमरजाईले उत्कृष्ट अर्धसतकीय पाली खेले । उनी केवल तीन रनका कारण शतक बनाउनबाट चुके । उनले टोलीका लागि अविजित ९७ रनको योगदान गरे । उनले एक सय सात बलको सामना गरी तीन छक्का र सात चौका हिर्काएका थिए । 

त्यसअघि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले २५ र अर्का ओपनर इब्राहिम जदरानले १५ रन बनाएका थिए । तेस्रो नम्बरका क्रिज समाल्न आएका रहमत शाहले टोलीको खातामा २६ रन थपेका थिए । कप्तान हसमतुल्लाह साहिदी भने दुई रनको व्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए ।

विकटकिपर ब्याट्सम्यान ईक्रम अखिलले १२ रन बनाए भने मोहम्मद नाबी दुई रनमै आउट भए । रासिद खान पनि १४ रनभन्दा अगाडि बढ्न सकेनन् । नुर अहमदले टोलीको खातामा २६ रन थपे । मजिब उर रहमान आठ रन बनाउँदै पेभेलियन फर्किए ।

दक्षिण अफ्रिकाका बलर जेराल्ड गोट्जी एक्लैले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४४ रन खर्चिएका थिए । लुङ्गी निग्दी र केशव महाराजले पनि दुई—दुई विकेट हात पारेका थिए । एन्डिल फेलुकवायोले एक—एक विकेट लिए । अफगानिस्तानले अतिरिक्त रुपमा १५ रन पायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप