आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राज सिग्देलको ‘नशा’ मा केकी र आर्यनको रोमान्स

आइतबार, २८ माघ २०८०

काठमाडौँ । गजल गायक राज सिग्देलले ‘नशा’ बोलको नयाँ गजल दर्शक/स्रोतामाझ ल्याएका छन् । हालै युट्युबमा रिलिज गरिएको यो गजलको म्युजिक भिडिओमा केकी अधिकारी र आर्यन सिग्देलको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । 

गीतकार मिलन लिम्बु ‘गोठालो जेठा’ ले लेखेका शब्दहरुमा राजले संगीत र स्वर दिएका हुन् । गीतको म्युजिक भिडियोमा पनि राजलाई देख्न सकिन्छ । उनी गायक राज सिग्देलकै भूमिकामा छन् भने केकी उनकी पत्नी बनेकी छन् । एउटा विवाह पार्टीमा आर्यन सिग्देलले केकीलाई नजर लगाउँछन् र उनीसँगको मिठा कल्पनामा डुब्छन् ।

भिडिओको निर्देशन अनुप चापागाईँले गरेका हुन् । तीन दिनअघि रिलिज गरिएको गीतले ८५ हजारभन्दा बढी भ्यूज पाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया