आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी

आइतबार, २८ माघ २०८०, २२ : ०९
आइतबार, २८ माघ २०८०

अहमदाबाद । आईसीसी एकदिवसीय विश्वकपको समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा १५ बल अगावै पछ्यायो ।

रासी भार डेर डुसेनले नटआउट रहँदै ७६ रन बनाएर टोलीलाई जीतसम्म डोर्याए । उनलाई एन्डिले फेलुकवायोले नटआउट रहँदै ३९ रन बनाएर राम्रो साथ दिए । ओपनर क्वीनटन डी ककले ४१ रनको योगदान दिए भने ऐडन मारक्रमले २५ तथा डेभिड मिलरले २४ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले नटआउट रहँदै सर्वाधिक ९७ रनको पाली खेले । शतक बनाउन मात्र तीन रनले चुकेका उनले १०७ बलमा ७ चौका र ३ छक्का हिर्काए ।

अन्य ब्याट्सम्यानहरुले भने खासै ठुलो योगदान दिन सकेनन् । रहमत शाह र नुरु अहमदले २६–२६ रन बनाए भने ओपनर रहमानुल्लाह गुरबाजले २५ रन बनाए । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ४ तथा लुंगी एनगिडी र केशव महाराजले २–२ विकेट लिए ।

समूह चरणका ९ खेलपछि दक्षिण अफ्रिका १४ अङ्क बटुल्दै दोस्रो स्थानमा रहेको छ । टोली समूह चरणमा भारत र नेदरल्याण्ड्ससँग मात्र पराजित भएको थियो । अफगानिस्तान ८ अङ्क बनाउँदै छैटौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप