आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
लघुकथा

छिद्रता

शुक्रबार, २५ फागुन २०८०, ०८ : ५७
शुक्रबार, २५ फागुन २०८०

“मानव अधिकारका लागि सबै विकल्प खुला हुनु पर्छ । राजाको पालामा र राणाको पालामा बोल्न समेत पाइन्नथ्यो,” नगदनारायण चिच्याए । बोल्न पाएकोमा वाही वाही गरे । 

विज्ञान मेला चलिरहेको थियो । सबै कलेजका विद्यार्थी भाग लिइरहेका थिए । एक प्राध्यापकले अचानक इन्ट्री मारे । प्लास्टिकमा भरी पानी हाले । एउटा फलामको किलाले प्वाल पारे । जब एक प्वाल पारे । २ घण्टामा पानी रित्तियो । त्यसपछि दसवटा प्वाल पारे दस मिनेट टिकेन । 

“लौ सर थेम भन्दिनुस् ।” सबैले वास्तविक रहस्य बुझ्न खोजे । 

प्राध्यापक सबैका गुरु । उनले भने, “क्रान्तिकारी भन्नुस् या समाजवाद चाहने भन्नुस् । यिनले छिद्रता खोज्दै चटक गर्छन् । हाम्रा गल्लीमा पहिला पनि भुस्याहा कुकुर भुक्थे । अहिले पनि भुक्छन् ।”

हेलम्बु–६, सिन्धुपाल्चोक
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालकृष्ण गजुरेल
बालकृष्ण गजुरेल
लेखकबाट थप