आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल श्रीलंका नै हुन्छ भन्ने आतंक अब छैन : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, २५ फागुन २०८०, ११ : ३६
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आर्थिक वृद्धिदर सकारात्मक रुपमा अघि बढेको बताएका छन् । शनिवार कीर्तिपुरमा गरिएको पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले आर्थिक समृद्धिका लागि सरकारले लगातार प्रयत्न गरेको बताए । 

उनले भने– ‘मौर्दिक नीति र वित्तिय नीति सुधार गर्नका लागि, बैंकको ब्याजदर घटाउनका नीम्ति, जग्गाको कारोबार बढाउन कित्ताकाट खुलाउनका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका नीम्ति धेरै मिहेनत गरियो । भनेजस्तो परिणाम आएको छैन तर केही सुधार भएको छ । पहिले भनेजस्तो नेपाल अब श्रीलंका नै हुन्छ भन्ने अब त्यस्तो आतंक छैन । अहिले राजस्व पनि बृद्धि हुन थालेको छ, इतिहासमै बढी पर्यटक एकै महिनामा भित्रिएका छन् । रेकर्ड बढेको छ, रेमिट्यान्स बढेको छ । अहिले बिदेशी मुद्राको सञ्चिती अत्यन्त उत्साहप्रद छ ।’

प्रधानमन्त्री प्रचण्डले अहिले आर्थिक संकट समाधानका लागि आफूले तिहार लगतै बृहत भेलाको आयोजना गर्न लागेको र त्यसबाट अर्थतन्त्रमा गुणात्मक पहल गर्न आउने नीति तथा कार्यक्रममा समावेश गरेर जाने बताए ।  उनले सरकारले गरेका राम काम जनतामा पु¥याउन आग्रह गर्दै २०८४ मा २०६४ कै जस्तो माओवादी बनाउनेगरी अगाडि बढ्न आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप