आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

बंगलादेशद्वारा अस्ट्रेलियासामु ३ सय ७ रनको लक्ष्य प्रस्तुत

सोमबार, १७ वैशाख २०८१, १४ : २०
सोमबार, १७ वैशाख २०८१

पुणे । आईसीसी एकदिवसीय विश्वकप अन्तरगत समूह चरणको अन्तिम खेलमा बंगलादेशले अस्ट्रेलियासामु ३ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ६ रन बनाएको हो ।

बंलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ७४ रनको पाली खेले । उनले ७९ बलमा पाँच चौका र २ छक्का हिर्काए । यसअघि दुई ओपनरले बंगलादेशलाई राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि तानजिद हसन र लिट्टन दासले ७६ रनको साझेदारी गरे । दुवै खेलाडी समान ३६–३६ रन बनाएर आउट भए ।

कप्तान नजमुल होसेन सान्तोले रन आउट हुनअघि ४५ रनको योगदान दिए । त्यस्तै, मोहम्मदुल्लाहले ३२ रन बनाए भने खेलको अन्त्यतिर मेहदी हसन मिराजले २० बलमा २९ रन बनाए ।

अस्ट्रेलियाका लागि सन एबट र एडम जाम्पाले २–२ तथा मार्कस स्टोइनिसले १ विकेट लिए । अन्य तीन जना ब्याट्सम्यान रन आउट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप