गीत
आधा चुरोट हावैले लैजान्छ
सोमबार, १७ वैशाख २०८१, १६ : १०
आधा चुरोट हावैले लैजान्छ
मलाई त्यसकै पिर लाग्छ
आधा जीवन ऊ बिनै जिउनु छ
मलाई त्यसकै पिर लाग्छ
झमझम झमझम पानी पर्छ
रमरम रमरम मात चढ्छ
उसकै मुहार आँखाभरी
छमछम छमछम नाचिरन्छ
आधा बोतल छल्केरै गैजान्छ
मलाई त्यसकै पिर लाग्छ
आधा बाटो एक्लैले हिँड्नु छ
मलाई त्यसकै पिर लाग्छ
सर्सर सर्सर हावा चल्दा
बर्बर बर्बर आँसु खस्दा
उसैलाई म खोज्न थाल्छु
चर्चर चर्चर छाती पोल्दा
आधा सपना सपनै भैजान्छ
मलाई त्यसकै पिर लाग्छ
आधा विपना एक्लै नै बाँच्नु छ
मलाई त्यसकै पिर लाग्छ
आधा चुरोट हावैले लैजान्छ
मलाई त्यसकै पिर लाग्छ
आधा जीवन ऊ बिनै जिउनु छ
मलाई त्यसकै पिर लाग्छ ।
बाम्राङ, खोटाङ