आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ  र भक्तपुरमा लाखौँको धनमाल चोरी

सोमबार, १७ वैशाख २०८१, १७ : ३९
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ र भक्तपुर जिल्लामा लाखौँ बराबरको धनमाल चोरी भएको छ । 

काठमाडौँ महानगरपालिका-२ लाजिम्पाटस्थित माईक रेष्टुरेण्टको क्यास काउण्टरबाट करिब नगद २ लाख ५० हजार रुपैयाँ शुक्रबार दिउँसो चोरी भएको हो । साथै आवश्यक सोधपुछको लागि प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

उता भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका २४ वर्षीय विष्णु बस्नेतको कोठाबाट नगद २ लाख रुपैयाँ र सुनका गहना गरी करिब ३ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । यसैगरी सोही नगरपालिका-२ सानोठिमी दिब्यश्वरी प्लानिङ बस्ने ४९ वर्षीय युवराज अधिकारीको घरबाट नगद ६० हजार रुपैयाँ, १६ हजार भारतीय रुपैयाँ र विभिन्न सुन तथा हिराका गर-गहना गरी करिब २० लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार बेलुकी चोरी भएको छ । 

यसै गरी झापाको अर्जुनधारा नगरपालिका-९ कटहरेडाँडा मिलन चोक बस्ने सीता आचार्यको घरबाट सुनको तिलहरी २ थान, औँठी १ थान, १.५ तोलाको कानमा लगाउने कुण्डल ५ वटा, चाँदीका गरगहनाहरू र नगद ७ हजार रुपैयाँ समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप