आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

मार्सको शानदार शतकमा अस्ट्रेलिया विजयी

सोमबार, १७ वैशाख २०८१, १८ : १९
सोमबार, १७ वैशाख २०८१

पुणे । मिचेल मार्सको शानदार शतकको मद्दतले अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको ३ सय ७ रनको लक्ष्य अस्ट्रेलियाले ४४.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो ।

मार्सले नटआउट रहँदै १ सय ३२ बलमा १ सय ७७ रन बनाए । उनले यसक्रममा १७ चौका र ९ छक्का हिर्काए । उनलाई पूर्वकप्तान स्टिभ स्मिथले ६३ रन बनाउँदै अन्तिमसम्म साथ दिए । ओपनर डेभिड वार्नरले ५३ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ६ रन बनाएको थियो । बंलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ७४ रनको पाली खेले । उनले ७९ बलमा पाँच चौका र २ छक्का हिर्काए । 

यसअघि दुई ओपनरले बंगलादेशलाई राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि तानजिद हसन र लिट्टन दासले ७६ रनको साझेदारी गरे । दुवै खेलाडी समान ३६–३६ रन बनाएर आउट भए ।

कप्तान नजमुल होसेन सान्तोले रन आउट हुनअघि ४५ रनको योगदान दिए । त्यस्तै, मोहम्मदुल्लाहले ३२ रन बनाए भने खेलको अन्त्यतिर मेहदी हसन मिराजले २० बलमा २९ रन बनाए ।

अस्ट्रेलियाका लागि सन एबट र एडम जाम्पाले २–२ तथा मार्कस स्टोइनिसले १ विकेट लिए । अन्य तीन जना ब्याट्सम्यान रन आउट भएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप