आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका सचिव वाङबीच भेटवार्ता

सोमबार, १७ वैशाख २०८१, २२ : १८
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) तिब्बतका सचिव वाङ चुनचङले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । सचिव चुनचङले शनिवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगी उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

गत कार्तिक २२ गते बुधवार नेपाल भ्रमणमा आका उनले यसअघि नै राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरी आपसी हितका विविध विषयमा छलफल गरिसकेका छन् ।

उनले शिष्टाचार भेटवार्ताको क्रममा आफ्नो नेपाल भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीच भएका महत्वपूर्ण सहमतीहरु कार्यान्वयनमा जोड दिनु रहेको बताउँदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप