आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्ष्टाग्राममा हजारौं डलर कमाउँदै एआईले बनाएको फिटनेश मोडल

शनिबार, २६ फागुन २०८०, ०९ : ०७
शनिबार, २६ फागुन २०८०

आइताना लोपेज ऊर्फ फिट आइताना इन्ष्टाग्राममा आएको जम्मा ४ महीना भयो । उनको एकाउन्टमा फलोअरको संख्या १ लाख १० हजार नाघिसकेको छ । मासिक ४ हजार डलर कमाउँछिन् ।

यो संसारमा अस्तित्वै नभएको व्यक्तिको लागि यत्तिको फलोअर र कमाई नराम्रो होइन । हाम्रा आसपास गएका केही वर्षयता भर्चुअल मोडलहरु थिए । तर कृत्रिम बौद्धिकताले यिनीहरुलाई झन् झन् वास्तविक जस्तो मात्रै होइन चर्चित पनि बनाइरहेको छ । एआईको नयाँ तरंगको एउटा प्रतिनिधि पात्र हुन् डिजिटल इन्फ्लुएन्सर आइताना ।

सुन्दर, गुलाबी कपाल भएको बार्सिलोनाकी महिला मोडल । केही महीनामै यिनले इन्ष्टाग्राममा १ लाखभन्दा धेरै फलोअर बनाइन् । आइतानाले आफ्नो फोटो मात्रै पोष्ट गर्छिन् । भिडियोहरुले त उनको डिजिटल स्वरुपलाई ठ्याक्कै देखाइ हाल्छ, त्यसैले भिडियो हाल्दिनन् । हरेक फोटोमा हजारौं लाइक र सयौं कमेन्ट आउँछन् । लोकप्रियता बढेसँगै उनका सर्जकले राम्रो कमाइ गरिरहेका छन् ।

आइताना लोपेज बार्सिलोनास्थित सञ्जार एजेन्सी द क्लुलेशको सृजना हो । असली मोडल प्रयोग गर्दा यातायात, बसोबासलगायत खर्च धेरै हुने देखेर कम्पनी व्यवस्थापनले मार्कटिङका लागि भनेर एआई जेनरेटेड मोडल बनाएको हो । फेरि आइताना जति बेला, जुन ठाउँमा चाहियो त्यही ठाउँमा उपलब्ध हुने भइन् । तर उनलाई बनाउँदाको लागत बढी भएपनि उनले कमाउन थालिसकेकी छिन् । 

कम्पनीले आफ्नो वेबसाइटमा मार्केटिङ प्रयोजनका लागि एआई जेनरेटेड  मोडलको प्रयोग गर्न ग्राहकहरुलाई अनुमति दिएको छ । आइताना चाँहि अलि बढी चर्चित बनिन् । उनी आकर्षक त छिन् नै उसको लूक, फेशन  स्टाइल अनि समग्र व्यक्तित्व पनि आजभोलीको अनलाइन ट्रेन्डसँग मिल्दो छ । 

अहिले सामाजिक सञ्जालहरुमा एआईले बनाएका मोडलहरुको बाढी नै आइरहेको छ । तर आइताना अरु मोडल भन्दा फरक हुनुको कारण चाँहि मावन जस्तै देखिने उसको हाउभाउ हो । मानवमा जस्तै उनमा केही कमजोरीहरु भेटिन्छन् । कहिले उनी दाँत नै नमाजेको जस्तो देखिन्छिन् अनि कहिले नकोरिएको झाँक्रो कपालसहितका फोटो हाल्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप