आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिहारले बजारमा चहलपहल बढ्यो

शनिबार, २६ फागुन २०८०, ०९ : ४२
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ । बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरूको भीड देख्न सकिन्छ । 

यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ । गत वर्ष प्रतिकिलो १७ सय रुपैयाँ पर्ने काजु यो वर्ष १५ सयमा झरेको छ भने १३ सय रुपैयाँ पर्ने बदाम १२ सयमा बिक्री भइरहेको छ । किसमिस, ल्वाङ, मखन लगायतको मूल्य भने स्थिर रहेको छ । 

चालु आर्थिक वर्षको असोजसम्म  १ अर्ब १४ करोडको सामग्री आयात भएको छ । यो वर्ष तिहारमा प्रयोग हुने भाइ मसलाको आयात पनि घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको ८० लाख ९० हजार ४०२ केजी मसला आयात भएको छ ।

गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो । मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् । यस वर्ष मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताएको छन् । 

भाईमसला तिहारमा बढी खपत हुने गर्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा दिने भएकाले पनि तिहारमा यसको खपत बढी हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप