आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आशिषले ल्याए तिहार गीत ‘झिलीमिली’

शनिबार, २६ फागुन २०८०, १० : ४०
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । तिहारको अवसर पारेर बजारमा तिहार गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गायक आशिष रायमाझीको तिहार गीत ‘झिलीमिली’ सार्वजनिक भएको छ ।

गीतमा गायक रायमाझीलाई पवित्रा गुरुङ र गायिका नितु पुनले साथ दिएका छन् । गीतमा गायक रायमाझीकै शब्द, संगीत र संगीत संयोजन छ ।

गीतको भिडियो पनि बनेको छ ।  जसमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन, प्रजिना गुरुङ लगायतको अभिनय देख्न सकिन्छ । 

भिडियोमा सनम तामाङको छायाँकन, अर्जुन खड्काको सम्पादन छ ।  भिडियोको निर्देशन विजय मगरले गरेका हुन् । 

गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् ।   यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत ल्याएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप