आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोयल इनफिल्डको कार्यक्रममा ३७ राइडर सहभागी

शनिबार, २६ फागुन २०८०, ११ : ३०
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ को नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले दिपावलीको अबसर पारेर  ‘रोयल इनफिल्ड हन्टर राइड द लाइट २०२३’  कार्यक्रम सम्पन्न गरेको छ ।  यस राइडमा ३७ जना रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए। 

यस कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टी अवारनेस, प्रोमोटिङ सिस्टमेटिक राइड र  परम्परा संस्कृति र चाडहरु संरक्षण एवम् प्रबर्धण गर्नु रहेको जनाइएको छ । 

कार्तिक २५ गते साँझ ५ बजे रोयल इनफिल्डको शोरूम कोटेश्वरबाट सुरु भएको यो राइड कोटेश्वर, बानेश्वर भद्रकाली, न्युरोड, जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपोण्डोल, पुलचोक, झम्सीखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नन्खु, सानेपा, बल्खु, चोभार, टौदह हुँदै बोसन डाडासम्मको रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप