आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो, चाँदीको कति ?

शनिबार, २६ फागुन २०८०, ११ : ३१
शनिबार, २६ फागुन २०८०

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको हो । 

अघिल्लो शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो शुक्रबारको मूल्यमा २० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप