आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रीमान्–श्रीमती मृत फेला

शनिबार, २६ फागुन २०८०, १२ : ५०
शनिबार, २६ फागुन २०८०

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा  मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।

“घट्नाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ” उनले भने– “श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप