आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् बलिउडमा सबैभन्दा लामो किसिङ सिन भएका फिल्महरु

शनिबार, २६ फागुन २०८०, १३ : ००
शनिबार, २६ फागुन २०८०

नयाँदिल्ली । हिन्दी फिल्ममा एक्सन, इमोशनको साथसाथै रोमान्स पनि खुबै देख्न पाइन्छ । कथाले मागे अनुसार निर्देशकले यस्ता दृश्य फिल्ममा हाल्छन् । बलिउड फिल्ममा किसिङ सिनचाँहि पछिल्लो समय निकै बढेका छन् । बलिउडमा सबैभन्दा लामो चुम्बनको दृश्य भएका फिल्म कुन हो तपाईलाई थाहा छ ?

यी हुन् चुम्बनका लामो सिन भएका फिल्म :
कर्मा
हिमांशु राय र देविका रानीको सन् १९३३ मा आएको फिल्म कर्मा यो सूचीमा सबैभन्दा माथि छ । यसलाई बोल्ड सिन भएको भारतीय सिनेमा इतिहासकै पहिलो फिल्म मानिन्छ । फिल्ममा करिब ४ मिनेटको किसिङ सिन राखिएको छ । त्यतिबेला अन–स्क्रिन चुम्बनलाई अबाञ्छनीय मानिन्थ्यो । त्यतिबेलाको फिल्ममा यस्तो दृश्य यो साहसिक कदम थियो ।

debika

जिन्दगी ना मिलेगी दोबारा
जोया अख्तरको निर्देशनमा बनेको जिन्दगी ना मिलेगी दोबारा अहिले पनि मानिसहरु दोहोर्याएर तेहर्याएर हेर्न मन पराउँछन् । यो फिल्म तीनजना साथीको कहानी हो । फिल्ममा ऋतिक रोशन, फरहान अख्तर र अभय देओलको साथमा कट्रिना केफ र कल्की कोचिन पनि छन् । फिल्ममा ऋतिक र कट्रिनाबीच करिब ३ मिनेट लामो चुम्बनको दृश्य थियो ।

jindagi-namilega-dobara

राजा हिन्दुस्तानी
करिश्मा कपूर र आमिर खान अभिनित राजा हिन्दुस्तानी सन् १९९६ मा रिलिज भएको थियो । फिल्ममा आमिर र करिश्माबीच करिब ३ मिनेटको किसिङ सिन थियो । यो सिनले निकै चर्चा बटुलेको थियो । बक्स अफिसमा यो फिल्म अल टाइम ब्लकबष्टर घोषित भएको थियो ।

raja-hindus

फितुर

कट्रिना कैफ र आदित्य रोय कपुरको सन् २०१६ मा आएको फिल्म फितुरले बक्स अफिसमा राम्रो प्रदर्शन गरेन । तर फिल्मको दृश्यहरु निकै चर्चित भएका थिए । फिल्ममा कट्रिना र आदित्यबीच गज्जबको केमेष्ट्री हेर्न पाइएको थियो । फिल्ममा एउटा किसिङ सिन पनि थियो । यो सिन पनि झन्डै ३ मिनेट लामो थियो ।

fitoor

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप