आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोरखामा घर जल्दा आमाछोराको मृत्यु

शनिबार, २६ फागुन २०८०, १३ : ४२
शनिबार, २६ फागुन २०८०

पोखरा । गोरखामा घर जलेर आमाछोराको मृत्यु भएको छ । धार्चे गाउँपालिका १ हुल्चुकमा शनिबार राति घरमा लागेको आगलागीमा परेर उनीहरुको मृत्यु भएको वडाध्यक्ष रामसिं गुरुङले जानकारी दिए ।  उनका अनुसार ७८ वर्षकी आमा कान्छी गुरुङ र ५३ वर्षका छोरा चनारसिं गुरुङको मृत्यु भएको हो । ‘घरभित्र सल्लाको काठ थियो । कसरी जल्यो भन्ने थाहा छैन,’ उनले भने, ‘राती आगो लागेछ । अहिले प्रहरीहरु आइरहेका छन् ।’ 

घर पूर्ण रुपमा जलेर सकिएको छ । जाडोको समयमा आगो ताप्दै घरभित्र सुत्ने उत्तरी गोरखामा धेरैको चलन छ । उनीहरु पनि आगो ताप्ने क्रममा घटना भएको हुनसक्ने बताइएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप