आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारी कोषमा झण्डै एक खर्ब नगद मौज्दात बढ्यो

मङ्गलबार, २७ चैत २०८०, १५ : ५४
मङ्गलबार, २७ चैत २०८०

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा सरकारी कोषमा झण्डै एक खर्ब रुपैयाँ नगद मौज्दात बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको असोज मसान्तसम्ममा नगद मौज्दात ९९ अर्ब ५३ करोड रुपैयाँले बढेर १ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ पुगेको हो । 

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा सरकारी कोषमा यस्तो नगद मौज्दात जम्मा ७१ अर्ब ९८ करोड रुपैयाँ मात्र रहेको थियो । 

यद्यपि, यो संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनवटै सरकारको विभिन्न बैंक तथा वित्तीय कोषमा रहेको सञ्चित रकम हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व बढेसँगै यता वित्तीय व्यय कम आउँदा नगद मौज्दात बढ्न गएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप