आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेट : ‘नकआउट’ चरणमा दुवै टिमको स्कोर बराबर भएमा कसरी निकालिन्छ नतिजा ?

मङ्गलबार, २७ चैत २०८०, १८ : ५८
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार लिग चरणको अन्तिम खेल भइरहेको छ । लिग चरणको अन्तिम खेलका रुपमा भारत र नेदरल्याड्स प्रतिस्पर्धा गरिरहेका छन् ।

विश्वकप क्रिकेटमा सेमिफाइनल समीकरणसमेत पूरा भइसकेको छ । जसअनुसार भारत र न्युजिल्याण्ड तथा दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच सेमिफाइनल खेल हुने छ ।

लिग चरणमा दुवै टिमको स्कोर बराबर भएको खण्डमा दुवै टोलीलाई एक–एक अंक दिने गरिन्छ तर नकआउट चरण अर्थात् सेमिफाइनल र फाइनलमा भने कुनै एक टोली विजेता हुनैपर्ने भएकाले पनि स्कोर बराबर भएको अवस्थामा के होला भन्ने कौतुहलता जाग्नु स्वाभाविक हो ।

स्कोर बराबर भएको अवस्थामा ‘सुपर ओभर’ खेलाइन्छ भन्ने धेरैलाई थाहा भएकै विषय हो । तर, विश्वकप २०१९ को फाइनलमा निर्धारित ५० ओभरमा मात्र नभएर सुपर ओभरमा पनि स्कोर बराबरी भएको थियो । त्यतिबेला बाउन्ड्री कसले बढी प्रहार ग¥यो भन्ने आधारमा विजेता चयन गरिएको थियो, जो विवादास्पद पनि भयो । त्यसपछि बाउन्ड्रीका आधारमा विजेता छान्ने तरिका हटाइयो ।

जारी विश्वकप प्रतियोगितामा सेमिफाइनल वा फाइनल खेलमा स्कोर बराबरी भएमा सुपर ओभर खेलाइने छ । सुपर ओभरमा पनि बराबरी भएको अवस्थामा त्यतिन्जेलसम्म सुपर ओभर नै खेलाइन्छ, जतिबेलासम्म कुनै एक टिम विजयी हुँदैन । अर्थात्, स्कोर बराबरी भएको अवस्थामा सुपर ओभरलाई नै निरन्तरता दिएर नतिजा निकालिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप