आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नवलपरासी जीप दुर्घटना अपडेट : मृत्यु भएका सात जनाको सनाखत

मङ्गलबार, २७ चैत २०८०, १९ : ४३
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । नवलपसारी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । देवचुली नगरपालिका–९ मा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको नवलपरासी पूर्वमा कार्यरत डिएसपी बेद पौडेलले रातोपाटीलाई बताए ।

मृत्यु भएका ७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्व बौद्धीकाली गाउँपालिका घर भएका छन् बहादुर आले, बौद्धीकाली लाहटे बस्ने कुमारी राना, माझडाँडा बस्ने टेकमान वानटक्की, बुलिङटार गाउँपालिका घर भएकी १२ वर्षीय करिष्मा ठाडा, मध्यबिन्दु नगरपालिका बस्ने चिरन अर्याल र कावासोती–१६ घर भएका १७ वर्षीय अस्बिन गैह्रे छन् । 

बौद्धीकाली  घर भएका करिब २९ वर्षीय छन् बहादुर आले जिपका चालक हुन् । बौद्धिकाली गाउँपालिका स्थित माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु. १ ज ३२७० नम्बरको जिप गोरेघुम्तिमा दुर्घटना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप