आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुन समाजले जित्यो पोखराको देउसी भैलो प्रतियोगिता

शुक्रबार, ०२ चैत २०८०, १९ : ५६
शुक्रबार, ०२ चैत २०८०

पोखरा । पोखरामा भएको देउसी भैलो प्रतियोगिताको उपाधि पुन समाजले जितेको छ । मौलिक देउसी भैलोलाई प्रोत्साहन गर्नका लागि पोखरा टेलिभिजनले देउसी भैलो प्रतियोगिता आयोजना गरेको हो । विभिन्न ठाउँबाट छनोट भएको उत्कृष्ट ७ प्रतियोगी मध्ये पुन समाज च्याम्पियन भएको हो । 

समाजले १५ हजार नगदसहित ट्रफी जितेको छ । नेपाल मगर संघ रामबजार इकाइ समिति, बाग्लुङ घुम्टे मगर समाज, पुन समाज, क्षेत्री समाज, लेखनाथ नेवा मिसा पुचः, सिद्धार्थ तमु समाज र गन्धर्व आमा समूहले प्रतिस्पर्धा गरेका थिए । सबै समूहले ५ हजार नगदसहित प्रमाण पत्र पाएका आयोजक पोखरा टिभीका प्रबन्ध निर्देशक माधव पनेरुले बताए ।  

पुरस्कार हस्तान्तरण गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले मौलिक संस्कृति हराउँदै गएकोमा सबै पक्षले संरक्षणमा ध्यान दिनुपर्ने बताइन् । ‘आज भोलिको देउसी देउसीजस्तै छैन । स्पिकर बजाएर नाच्दै देउसी भैलो भन्छन्,’ उनले भनिन्, ‘मौलिक प्रकृतिको संस्कार संरक्षणमा हामी सबै लाग्नुपर्छ । मिडियाको अझै बढी भूमिका छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप