आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वाधिक रन बनाउनेमा कोहलीदेखि वार्नरसम्म

सोमबार, १७ असार २०८१, ११ : ५७
सोमबार, १७ असार २०८१

काठमाडौँ । १३औँ विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म आयोजक राष्ट्र भारतका अनुभवी खेलाडी विराट कोहली सबैभन्दा बढी रन बनाउने खेलाडीका रूपमा देखिएका छन् । कोहलीले जारी  विश्वकपमा नौ खेल खेल्दै ९९.०० को औसतले कुल पाँच सय ९४ रन बनाइसकेका छन् । 

कोहलीले यो विश्वकपमा दुई शतक र पाँच वटा अर्धसतक बनाएका छन् । यो विश्वकपको एउटै पालीमा उनले बनाएको उच्च स्कोर अविजित एक सय तीन रन हो । उनको स्ट्राइक रेट ८८.५२ रहेको छ । उनले हालसम्म सात छक्का र ५५ चौका प्रहार गरिसकेका छन् । 

सर्वाधिक रन बनाउने खेलाडीको सूची दोस्रो स्थानमा दक्षिणी अफ्रिकाका क्विन्टन डी कक छन् । उनले हालसम्म नौ खेलमा ६५.६६ को औसतले कुल पाँच सय ९१ रन बनाइसकेका छन् । उनको स्ट्राइक रेट १०९।२४ रहेको छ । 

डी ककले यो विश्वकपमा चार वटा शतक बनाइसकेका छन् । उनले यो विश्वकपको एक पालीमा बनाएको उच्च स्कोर एक सय ७४ रन हो । उनले हालसम्म २१ छक्का र ५७ वटा चौका प्रहार गरिसकेका छन् । 

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा न्युजिल्यान्डका युवा खेलाडी रचिन रवीन्द्र तेस्रो स्थानमा आसिन छन् । उनले हालसम्म नौ खेल खेल्दै ७०.६२ को औसतले कुल पाँच सय ६५ रन बनाएका छन् । उनको स्ट्राइक रेट १०८.६५ रहेको छ । 

रचिनले हालसम्म तीन शतक र दुई अर्धसतक बनाइसकेका छन् । उनले एउटै खेलमा बनाएको उच्च स्कोर भने अविजित एक सय २३ रन हो । यो विश्वकपमा उनले हालसम्म १६ छक्का र ५१ वटा चौका प्रहार गरिसकेका छन् । 

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा भारतीय टोलीका कप्तान रोहित शर्मा चौथो स्थानमा आसिन छन् । उनले नौ खेलमा ५५.८८ को औसतले कुल पाँच सय तीन रन बनाइसकेका छन् । उनको स्ट्राइक रेट १२१.४९ रहेको छ ।

रोहितले यो विश्वकपमा हालसम्म एक शतक र तीन वटा अर्धसतक प्रहार गरिसकेका छन् । उनले एउटै पालीमा बनाएको उच्च स्कोर एक सय ३१ रन हो । उनले हालसम्म २४ छक्का र ५८ वटा चौका पनि िप्रहार गरिसकेका छन् । 

यसैगरी अस्ट्रेलियाका अनुभवी खेलाडी डेविड वार्नर सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पाँचौँ स्थानमा आसिन छन् । उनले हालसम्म नौ खेलमा ५५।४४ को औसतले कुल चार सय ९९ रन बनाइसकेका छन् । 

वार्नरको स्ट्राइक रेट १०५।४९ रहेको छ । उनले हालसम्म दुई शतक र दुई वटा अर्धसतक पनि प्रहार गरिसकेका छन् । उनले एउटै पालीमा बनाएको उच्च स्कोर भने एक सय ६३ रन हो । उनले हालसम्म २० छक्का र ४८ वटा चौका प्रहार गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप