आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

श्रीलंका बाहिरिए पनि परेराको नाममा बन्यो कीर्तिमान

बुधबार, २८ चैत २०८०, १२ : ०७
बुधबार, २८ चैत २०८०

काठमाडौँ । पूर्वविजेता श्रीलंका १३औँ विश्वकपमा अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै प्रारम्भिक चरणबाटै घर फर्किन बाध्य भएको छ । तर, जारी विश्वकपमा श्रीलंका दुई ब्याट्सम्यान कुशल परेरा र कुशल मेन्डिसले भने गजबको कीर्तिमान बनाएका छन् । 

श्रीलंकाका कुशल परेरा यो विश्वकपमा सबैभन्दा कम बलमा अर्धसतक बनाउने ब्याट्सम्यानका रुपमा दरिएका छन् । उनले बेगलौरस्थित एम. चिन्नास्वामी स्टेडियममा खेलिएको न्युजिल्यान्डविरुद्धको खेलमा केवल २२ बलमा अर्धसतक पुरा गरेका थिए । 

यसैगरी सबैभन्दा कम बलमा अर्धसतक पुरा गर्ने ब्याट्सम्यानको सूचीमा श्रीलंकाकै कुशल मेन्डिस र अस्ट्रेलियाका ट्राभिस हेड संयुक्त रुपमा दोस्रो स्थानमा छन् । मेन्डिसले दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा केवल २५ बलमा अर्धसतक पुरा गरेका थिए ।

ट्राभिस हेडले पनि धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा खेलिएको न्युजिल्यान्डविरुद्धको खेलमा २५ बलमा अर्धसतक पुरा गरेका थिए । यसका अतिरिक्त अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २७ र डेभिड वार्नरले २८ बलमा अर्धसतक बनाएका थिए । 

सबैभन्दा कम बलमा सतक पुरा गर्ने ब्याट्सम्यान भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल हुन् । उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा केवल ४० बलमा सतक बनाएका थिए । दक्षिण अफ्रिका एडिन मारक्रमले श्रीलंकाविरुद्धको खेलमा ४९ बलमा सतक बनाएका थिए । 

यसैगरी सबैभन्दा कम बलमा एक सय ५० रन बनाउने ब्याट्सम्यान पनि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल नै हुन् । उनले अफगानिस्तानविरुद्धको खेलमा एक सय चार बलमा एक सय ५० रन बनाएका थिए । अस्ट्रेलियाका डेभिड वार्नरले पनि पाकिस्तानविरुद्धको खेलमा एक सय १६ बलमा एक सय ५० रन बनाएका थिए ।

यसैगरी सबैभन्दा कम बलमा दुई सय रन बनाउने ब्याट्सम्यान पनि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल नै हुन् । उनले मुम्बईस्थित वानखेड स्टेडियममा खेलिएको अफगानिस्तानविरुद्धको खेलमा केवल एक सय २८ बलमा दुई सय रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप