आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

सफल विकेटकिपर क्विन्टन डी कक

आइतबार, २३ वैशाख २०८१, १५ : ३४
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । जारी विश्वकपमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक सबैभन्दा सफल विकेट किपरका रुपमा देखिएका छन् । प्रारम्भिक चरणको ४५ खेल सकिँदासम्म उनले विपक्षी टोलीका १९ जना ब्याट्सम्यानलाई आउट गराइसकेका छन् । 

यी अनुभवी दक्षिण अफ्रिकी विकेटकिपरले आफूले खेलेको नौ पालीमा १८ वटा क्याच लिएका हुन् भने एकजनालाई स्टम्पिङ गरेका हुन् । सफल विकेटकिपरको सूचीमा नेदरल्यान्ड्सका स्कट एडवार्डस दोस्रो स्थानमा छन् । उनले १५ ब्याट्सम्यानलाई आउट गराएका छन् । 

एडवार्डसले १३ वटा क्याच लिएका हुन् भने दुई ब्याट्सम्यानलाई स्टम्पिङ गरेका हुन् । यो सूचीमा भारतका केएल राहुल तेस्रो स्थानमा छन् । राहुलले विपक्षी टोलीका १२ ब्याट्सम्यानलाई आउट गराएका छन् । उनले ११ वटा क्याच लिएका हुन् भने एक ब्याट्सम्यानलाई स्टम्पिङ गराएका हुन् ।

यसैगरी इङ्ल्यान्डका जोस बट्लर र पाकिस्तानका मोहम्मद रिजवान संयुक्त रुपमा चौथो स्थानमा आसिन छन् । यी दुबैले ११—११ ब्याट्सम्यानलाई आउट गराएका छन् । बट्लरले नौवटा क्याच लिएका हुन् भने दुई ब्याट्सम्यानलाई स्टम्पिङ गरेका हुन् । मोहम्मद रिजवानले ११ वटा क्याच लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप