आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

१ खर्ब ८७ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी

आइतबार, २३ वैशाख २०८१, १५ : ४८
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ खर्ब ८७ अर्ब बढी सहुलियतपूर्ण तथा पुनर्कर्जा उठ्न बाँकी रहेको केन्द्रीय बैंकले जनाएको छ । २०८० असोज मसान्तमा १ लाख ४२ हजार ३ सय ५ ऋणीलाई प्रवाह भएको कर्जामध्ये १ खर्ब ८७ अर्ब ८८ करोड सहुलियत पुनर्कर्जा बक्यौता रहेको केन्द्रीय बैङ्कले जनाएको हो । 

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५८ हजार ५सय ७० ऋणीलाई प्रवाह भएको १ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८१ हजार १ सय २१ महिला उद्यमीलाई प्रवाह भएको ५४ अर्ब ३ करोड रुपैयाँ कर्जा बक्यौता रहेको केन्द्रीय बैङ्कले जनाएको छ । 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ६ सय १४ ऋणीको २ अर्ब ७६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको समेत केन्द्रीय बैङ्कले जनाएको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० असोज मसान्तमा ५० करोड ६६ लाख बक्यौता रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप