आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मृणालसँग डेट गर्दैछन् बादशाह

आइतबार, २३ वैशाख २०८१, १७ : १४
आइतबार, २३ वैशाख २०८१

नयाँ दिल्ली । भारतका चर्चित गायक तथा र्यापर बादशाह प्रायः आफ्नो गीतका कारण चर्चामा रहन्छन् । यतिबेला भने उनी आफ्नो निजी जीवनका कारण चर्चामा छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीको दिवाली पार्टीको एउटा भिडियो बाहिरिएको छ ।

सो भिडियोमा बादशाह अभिनेत्री मृणाल ठाकुर एकअर्काको हात समातेर हिँडिरहेको देखिएका छन् ।  बादशाह मृणाललाई उनको गाडीसम्म छोड्न गएका थिए । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियो बाहिरिएलगत्तै यी दुई सम्बन्धमा रहेको हुनसक्ने चर्चा चलिरहेको छ । मृणालले पनि आफ्नो इन्ष्टाग्रामको स्टोरीमा पार्टीका कयौं तस्बिरहरु शेयर गरेकी थिइन् ।

भिडियो सार्वजनिक भएसँगै केही फ्यान उनीहरु बीचको सम्बन्ध साँचो होस् भन्ने कामना गर्न लागेका छन् । सोही क्रममा केही फ्यानले भने बादशाह विवाहित होइनन् भनेर प्रश्न गरेका छन् । बादशाहले जश्मिन मसिहसँग बिहे गरेका थिए । सन् २०२० मा यिनीहरुको सम्बन्ध बिच्छेद भएको थियो । बादशाहकी ७

वर्षकी एक छोरी पनि छिन् ।  यसअघि मृणालले बादशाहको ‘ब्याड ब्वाई ब्याड गर्ल’ भन्ने भिडियोमा पनि काम गरिसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप