आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कृषि

देशभर कति मेट्रिक टन खाद्यान्न आवश्यक ?

कर्णालीमा सबैभन्दा कम ३ लाख ४७ हजार ७२ मेट्रिक टन खाद्यान्न आवश्यक
बिहीबार, २२ चैत २०८०, १७ : ५७
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । नेपालमा बर्सेनि ५६ लाख मेट्रिक टन बढी खाद्यान्नको आवश्यक पर्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर एक वर्षमा ५६ लाख १९ हजार २३ मेट्रिक टन चामल, मकै, कोदो, फापर, गहुँ, जौ आवश्यक पर्छ । 

मन्त्रालयका अनुसार यसमा मकै ९६ हजार ३७ मेट्रिक टन खाँचो हुन्छ । यस्तै, २ लाख ४६ हजार ९ सय ९९ मेट्रिक टन कोदो र ८ हजार ९ सय ९० मेट्रिक टन फापर आवश्यक देखिएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, १६ लाख ५७ हजार ८ सय ३३ मेट्रिक टन गहुँ र ७ हजार ३ सय ९५ मेट्रिक टन जौ आवश्यक रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

कोशी प्रदेशमा वार्षिक ९ लाख ५३ हजार ७ सय ९६ मेट्रिक टन खाद्यान्नको माग छ । उता, मधेस प्रदेशमा १० लाख ८८ हजार ९ सय ९ मेट्रिक टन खाद्यान्नको आवश्यक छ । 

त्यस्तै, बागमती प्रदेशमा सबैभन्दा धेरै १२ लाख १८ हजार ६ सय ४ मेट्रिक टन खाद्यान्नको माग रहेको मन्त्रालयले जनाएको छ । उता, गण्डकीमा ५ लाख ३७ हजार ६ सय ४७ मेट्रिक टन, लुम्बिनीमा ९ लाख ३४ हजार ३ सय ४ मेट्रिक टन बर्सेनि खाद्यान्न आवश्यक पर्छ । 

यस्तै, कर्णालीमा सबैभन्दा कम ३ लाख ४७ हजार ७२ मेट्रिक टन आवश्यक पर्ने मन्त्रालयको तथ्याङ्कले देखाएको छ । र, सुदूरपश्चिम प्रदेशमा ५ लाख ३८ हजार ६ सय ८० मेट्रिक टन बर्सेनि खाद्यान्नको खाँचो पर्ने गरेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप