आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल पक्राउ, छाड्न चलखेल

बिहीबार, २२ चैत २०८०, १९ : ४८
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँमै कार्यरत प्रहरी हाकिमका आफन्त, गैरआवासीय नेपाली संघमा आबद्ध अभियन्ता र अन्य हाइप्रोफाइलहरु रहेका छन् । 

यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् । 

सबै गरी जम्मा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । राजधानीको ठुलो भर्‍याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दबाब आइरहेको बताइएको छ । 

प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दबाब आइरहेको ती अधिकारीको भनाइ छ । उनले हाइप्रोफाइल भनिएका अन्य व्यक्तिहरुको  विवरण भने खुलाउन चाहेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप