आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेमारको स्वास्थ्यमा क्रमिक सुधार, खेलमा फर्कन समय लाग्ने

शुक्रबार, २३ चैत २०८०, १० : ५०
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । ब्राजिलियन स्टार नेमारको घुँडाको शल्यक्रिया सफल भए पनि उनी कहिलेदेखि मैदानमा फर्कन्छन् भन्ने निश्चित नरहेको चिकित्सकहरुले जनाएका छन् । ३१ वर्षीय प्रभावशाली स्ट्राइकर नेमार हाल साउदी अरेबियाको अल हिलालबाट ब्यवसायिक फुटबल खेल्छन् । 

‘सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदैछ । तर, उनी कहिलेदेखि खेलमा फर्कन्छन् भनेर अहिले नै किटान गर्न सकिँदैन,’ उनको उपचारमा संलग्न चिकित्सकले भन्छन् । गत महिला राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेल्नेक्रममा उनी घाइते भएका थिए । 

नेमारको बायाँ घुँडाको लिगामेन्टमा समस्या देखिएको थियो । चिकित्सकहरुका अनुसार, नेमारलाई पूणर्रुपमा समस्यामुक्त हुन आठदेखि १० महिनासम्म पनि लाग्न सक्छ । ‘नेमार तत्काल मैदानमा फर्कन चाहन्छन् । उनको स्वास्थ्यमा पनि सुधार हुँदैछ । तर, तत्काल उनी मैदानमा फर्कने कुरा सम्भव देखिँदैन,’ ब्राजिलियन फुटबल टोलीका चिकित्सक रोड्रिगो लसमार भन्छन् । 

विश्वकप छनोटको उरुग्वेविरुद्धको खेलको पहिलो हाफमै नेमार घाइते भएका थिए । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर ल्याइएको थियो । उक्त खेलमा उरुग्वेले ब्राजिललाई २—० गोलले हराएको थियो । 

उनी यसै वर्ष फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट साउदी क्लब अल हिलालमा आबद्ध भएका थिए । नेमारका लागि अल हिलालले नौ करोड युरो खर्चिएका थियो । उनले अल हिलालका लागि हालसम्म पाँच खेलमात्र खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप