आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परदेशबाट चिठी

शुक्रबार, २३ चैत २०८०, १० : ५६
शुक्रबार, २३ चैत २०८०

छ  वर्ष  भयो बिरानो ठाउँमा आएको छु
बाहिर देख्नेलाई त टन्न पैसा कमाएको छु
भन्नेहरुले त क्या मज्जा छ है भन्छन् तँलाई 
तर मलाई थाहा छ, कस्तो जीवन पाएको छु
पिर नगर है  मेरी आमा आरामै छु म यहाँ

पैसा नकमाए पनि एक गाँस खाना खाएको छु
ठूलो सपना थियो बजारमा ठूलो घर बनाउने
कल्पनामा भएपनि बजारमा घर बनाएको छु 
बाँचे फर्की आउँला, नेपालमै रमाउँला
मारे भने लास नेपाल ल्याउने पैसा बचाएको छु ।
                   बेनी–२, बगरफाँट, म्याग्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश शर्मा
निकेश शर्मा
लेखकबाट थप