आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन सक्दैनः रवि लामिछाने

शुक्रबार, २३ चैत २०८०, ११ : ०७
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताएका छन् । मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले इतिहासलाई जोगाउन अति आवश्यक भइसकेको बताए । उनले इतिहास जस्तो भएपनि आफ्नै मूल्य र मान्यता हुने भन्दै इतिहासको सम्मान गर्न सक्नुपर्ने बताए । उनले ठाउँका नामहरु मौलिक रुपमा राख्नुपर्नेमा बाटो, गल्लीका नामहरु पहुँचवाला व्यक्तिको नाममा राख्ने परम्परा विकसित हुँदै जानुले ऐतिहासिक धरोहर, मूल्यमान्यता मेटिँदै गइरहेको बताए । 

उनले भने, ‘यहाँ एपका माध्यमबाट समय सापेक्ष रुपमा हरेक कुराको जानकारी दिने शुरुवात गर्नुभएको छ । यो अत्यन्त समयसापेक्ष छ । ठाउँका नामहरु मौलिक रुपमा राख्ने जुन एउटा शुरुवात गर्नुभएको छ । आजभोलि के भएको छ भने जसलाई देख्यो उसैका नाममा चोक, उसैका नाममा बाटो, गल्ली भएका कारणले हाम्रो ऐतिहासिक धरोहर, मूल्यमान्यता शक्तिशाली मानिसको हातमा परेको छ । इतिहासलाई जोगाउन पर्छ । इतिहास जस्तो भएपनि आफ्नै मूल्य हुन्छ, इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र, समाजको भविष्य उज्यालो हुन सक्दैन ।’

सभापति लामिछानेले देशमा लघुवित्त, सहकारीका कारण ऋणको पासोमा पुगेका नागरिकलाई ऋणमुक्त गरेर जान सहकारी, बैंक र लघुवित्तको ब्याजदर व्यवस्थित गरेर जानसके राष्ट्रिय विभूति शंखधर शाख्वाप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप