आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रित भएर काम गरिरहेको छः प्रधानमन्त्री

शुक्रबार, २३ चैत २०८०, ११ : १२
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय र सुशासन तथा समृद्धिको नारामा केन्द्रित भएर काम गरिरहेको बताएका छन् । 

मंगलवार ललितपुरमा नेपाल संवत ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन तथा समृद्धितर्फ नागरिकलाई लैजाने दिशामा अग्रसर भएको बताए । उनले इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूतिहरु भएकाले उनीहरुलाई स्मरण नगरी देश समृद्ध बन्न नसक्ने जिकिर गरे । उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा आफू पहिलो पटक प्रधानमन्त्री हुँदा गरेको बताए । उनले नेपाल संवत नेपालीहरुको आफ्नै मौलिकता र इतिहास भएको बताए । 

उनले भने, ‘वर्तमान सरकार सामाजिक न्याय र सुशासन तथा समृद्धिको नारामा केन्द्रित भएर काम गर्ने कोशिस गर्दै आएको छ । सामाजिक न्याय भन्दा इतिहासमा गर्व गर्न लायक भनेको हामीले राष्ट्रिय विभूति घोषणा गरि पनि सकेका छौँ । शंखधर साख्वालाई नसम्झि हामी रहन सक्दैनौँ । जसले ऋण मोचनको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम भएको छ । त्यसैले हामीेल राष्ट्रिय विभूति भन्यौँ । उहाँको अभियानसँग नै नेपाल संवत जोडिएको छ । त्यसकारण नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा गर्नुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको थियो । नेपाल संवत नेपालीहरुको राष्ट्रिय संवत हो । आफ्नै मौलिकता र इतिहास हो ।’

प्रधानमन्त्री दाहालले आफू तस्रो पटक प्रधानमन्त्री रहँदा मन्त्रीपरिषद्बाट सरकारी दस्ताबेजमा विक्रम संवतसँगै नेपाल संवत पनि लेखिने निर्णय गरेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप