आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा रेलले किचेर भारतीय नागरिकको मृत्यु

शुक्रबार, २३ चैत २०८०, ११ : ३४
शुक्रबार, २३ चैत २०८०

जनकपुरधाम । नेपाल रेलवेले किचेर आज बिहानै एकजनाको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिकाको ईटहर्वा र दुहबीको बिचको बैदेही स्टेशनमा रेलले किचेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन । 

मृत्यु हुनेमा भारत बिहार मधुवनी जिल्ला बेल्हीको अन्दाजी वर्ष ५५ को विन्देश्वर दासको रहेको भएको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए । बिहान ८ः ४० बजे जनकपुरधामबाट जयनगरको लागि छुटेको रेलले किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिक पार गर्न खोज्दा रेलले किचेर दासको शरीर दुई टुक्रा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप