आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

शुक्रबार, २३ चैत २०८०, ११ : ४२
शुक्रबार, २३ चैत २०८०

जनकपुरधाम । धनुषामा इन्डियन ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । सोमबार राति पौने १ बजे  ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज११प१२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा धनुषाधाम नगरपालिका ९ मालटोलमा  २ जनाको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट धनुषाधाम नगरपालिका ९ का अन्दाजी १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका २ का अन्दाजी १८ वर्षीय टेमा मोक्तानको मृत्यु भएको हो । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी एवं प्रवक्ता रन्जन अवांंले जानकारी दिए ।

मृतकहरुको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम राखिएको छ । ठक्कर दिने नियन्त्रणमा लिइएको तर चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप