आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दश लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझै

शुक्रबार, २३ चैत २०८०, १३ : ५६
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । मुलुकभरमा खेतीयोग्य जमिनको कुल क्षेत्रफलमध्ये १० लाख हेक्टरभन्दा बढी खेत बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । 

पहाडी क्षेत्रबाट बसाइसरेर तराई झर्नु, खेतीका लागि उत्पादन लागत बढ्नु, काम गर्ने जनशक्ति नहुनु लगायत कारणले १० लाख ३० हजार हेक्टर जमिन बाँझो भएको हो । देशभरमा ३० लाख ९० हजार हेक्टर खेती योग्य जमिन छ । यसमध्ये २० लाख ६० हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । यी जमिनबाट वार्षिक रूपमा विभिन्न फसलको उत्पादन २ पटकभन्दा बढीसम्म लिने गरिन्छ । 

मन्त्रालयको तथ्यांक अनुसार ३४ लाख ८६ हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न बालीको खेती गरिँदै आइएको छ । धान, मकै, गहुँ, कोदो, फापर, जौँ खाद्यान्न बालीमा पर्दछन् । एक वर्षमा १ करोड ७ लाख मेट्रिक टन खाद्यान्न बालीको उत्पादन हुन्छ । 

यस्तै, आलु, उखु, जुट, कपासलगायत बालीलाई नगदे बालीको रूपमा चिनिन्छ । यो बाली ५ लाख २८ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।

यस्तै, दलहन बालीको ३ लाख ३४ हजार हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । यसबाट मसुरो, केराउ, चान, मास, भटमास लगायत दालबाली ४ लाख मेट्रिक टन वर्सेनि उत्पादन हुन्छ । 

फलफूल, तरकारी, हलेदो, अदुवा, मौरीको घार लगायत अन्य बालीमा मन्त्रालयले राखेको छ । यसले ७ लाख ४० लाख हेक्टरमा क्षेत्रफल ओगटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप