आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अपहरण मुक्त भएपछि पहिलो पटक पितालाई भेटे फुटबलर डियाजले

मङ्गलबार, २५ वैशाख २०८१, ०७ : ४७
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । कोलम्बियन फुटबल स्टार लुइस डियाजले अपहरणमुक्त भएपछि आफ्नो पितालाई पहिलो पटक भेटेका छन् । अपहरणमा परेका डियाजका पितालाई गुरिल्लाहरुले १२ दिनपछि रिहा गरेका थिए । त्यसयता पहिलो पटक बाबु—छोराबिच भेट भएको हो । 

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका स्ट्राइकर डियाजका पिता ५८ वर्षीय लुइस म्यानुएल डियाजलाई नेसनल लिबरेसन आर्मी (एलईएन) ले संयुक्त राष्ट्र संघ र क्याथोलिक चर्चका अधिकारीहरुलाई हस्तान्तरण गरेका थिए ।  

अपहरणमुक्त भएपछि पहिलो भेटमा डियाज र उनका पिता अंगोलमा बाँधिएर रोएका थिए । विश्वकप छनोट फुटबलको ब्राजिलविरुद्धको खेलअघि डियाज आफ्ना पितालाई भेट्न कोलम्बिया पुगेका थिए । पिता अपहरणमा परेपछि डियाजले लिभरपुलको दुईवटा खेल गुमाएका थिए ।  

डियाजका पितालाई पैसाका लागि अहरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई गत अक्टोबर २८ मा बरानकासबाट अपहरण गरिएको थियो । उनीसँग उनकी पत्नीलाई पनि अपहरण गरिएको भए पनि तिनलाई भने केही घण्टापछि नै रिहा गरिएको थियो । 

स्थानीय सञ्चारमाध्यमका अनुसार, रिहा भएलगत्तै म्यानुएललाई सेनाको हेलिकप्टरबाट भालेडुपार लगिएको थियो । त्यहाँ उनको स्वास्थ्य परीक्षणपछि परिवारलाई हस्तान्तरण गरिएको छ । अधिकारीहरूले उनको स्वास्थ्य अवस्था राम्रो रहेको र यातनाको कुनै पनि संकेत नदेखिएको बताएका थिए । 

स्थानीय पत्रिकाका अनुसार स्थानीयहरूले लुइस डियाजले लगाउने लिभरपुलको २३ नम्बरको जर्सी लगाएर उनको स्वागत गरेका थिए । लिभरपुलका प्रशिक्षक योर्गन क्लपले पनि उनको रिहाइप्रति खुसी व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप