आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० क्रिकेट शृंखला

रुविना क्षेत्रीले लिइन् तान्जिनियाको पहिलो विकेट

मङ्गलबार, २५ वैशाख २०८१, ०७ : ५१
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार नेपालले तान्जिनियाको पहिलो विकेट लिएको छ । तान्जिनियाको पहिलो विकेट नेपाली टोलीकी निवर्तमान कप्तान रुविना क्षेत्रीले लिएकी हुन् ।

रुविनाले तान्जिनियाकी ओपनर फातुमा किबासुलाई बोल्ड गरिन् । तान्जिनियाकी कप्तानसमेत रहेकी फातुमाले पेभेलियन फर्किनुअघि १५ बलको सामना गरी एक चौकाको मद्दतले ११ रन बनाएकी थिइन् । तान्जिनियाले ३.४ ओभरमा पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो ।

तान्जिनियाले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निणर्य लिएको हो । उक्त शृंखलाको यो पहिलो खेल हो ।  शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङका अतिरिक्त चौथो टोलीका रुपमा जापान सहभागी छ । नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । नेपालले तान्जिनियाविरुद्धको खेलको पनि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप