आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० क्रिकेट शृंखला

कप्तान इन्दूले लिइन् तान्जनियाको चौथो विकेट

मङ्गलबार, २५ वैशाख २०८१, ०८ : २३
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार नेपालले तान्जनियाको चाैथाे विकेट लिएको छ । तान्जनियाको चौथो विकेट कप्तान इन्दू बर्माले लिएकी हुन् । 

इन्दूले तान्जनियाकी आइसा मोहमदलाई आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएकी हुन् । पेभेलियन फर्किनुअघि आइसाले २१ बलमा एक चौकाको मद्दतले २१ रन बनाएकी थिइन् । १४.३ ओभरमा उनी आउट हुँदा जान्तजियाले ७१ रन बनाएको थियो । 

तान्जनियाले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।  शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ । नेपालले तान्जिनियाविरुद्धको खेलको पनि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप