आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु, तस्बिरहरु
तिहार

बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु, तस्बिरहरु

मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । दिदीबहिनी नहुनेहरुले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन् । दिदीबहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

तिहारको मुख्य दिन आज भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्दछन् । 

भाइटीकाको शुभ साइत १०:५१ बजे भएपनि बालगोपालेश्वर मन्दिर बिहानै खुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया