आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० क्रिकेट शृंखला

तान्जनियालाई हराउन नेपालले ११६ रन बनाउनु पर्ने

मङ्गलबार, २५ वैशाख २०८१, ०८ : ४६
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको हो । 

तान्जनियाका लागि आइसा मोहमदले २१ रनको योगदान गरिन् । हुद्दा ओमारीले २५ रन बनाइन् । उनले २६ बलको सामना गरी दुई चौका हिर्काइन् । उनी रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । उनलाई अस्मिना कर्माचार्यले रन आउट गराएकी थिइन् । नेपालकी बलर संगिता राईले दुई तथा कप्तान इन्दू बर्मा, पूजा महतो र पूर्वकप्तान रुबिना क्षेत्रीले एक—एक विकेट लिए ।

तान्जनियाको पहिलो विकेट नेपाली टोलीकी निवर्तमान कप्तान रुविना क्षेत्रीले लिएकी थिइन् । रुविनाले तान्जनियाकी ओपनर फातुमा किबासुलाई बोल्ड गरेकी थिइन् । तान्जनियाकी कप्तानसमेत रहेकी फातुमाले पेभेलियन फर्किनुअघि १५ बलको सामना गरी एक चौकाको मद्दतले ११ रन बनाएकी थिइन् । तान्जिनियाले ३.४ ओभरमा पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो ।

तान्जनियाको दोस्रो र तेस्रो विकेट नेपाली बलर संगिता राईले लिएकी थिइन् । संगिताले तान्जनियाकी ओपनर साउम मातेईलाई दोस्रो विकेटका रुपमा पेभेलियन फर्काएकी थिइन् । संगिताले उनलाई विकेटकिपर काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । पेभेलियन फर्किनुअघि साउमले १६ रन बनाएकी थिइन् । उनले २५ बलमा एक चौका पनि हिर्काइन् । तान्जनियाले ९.३ ओभरमा दोस्रो विकेट गुमाउँदा ४२ रन बनाएको थियो ।

त्यसलगत्तै ९.५ ओभरमा संगिताले तान्जनियाको तेस्रो विकेट लिएकी थिइन् । उनले तान्जनियाकी मोनिका पास्कललाई कप्तान इन्दू बर्माद्वारा क्याच गराएकी थिइन् । मोनिकाले पेभेलियन फर्किनुअघि १८ बलमा १० रन बनाएकी थिइन् । मोनिका आउट हुँदा तान्जनियाले ४३ रन बनाएको थियो ।

तान्जनियाको चौथो विकेट कप्तान इन्दू बर्माले लिएकी थिइन् । इन्दूले तान्जनियाकी आइसा मोहमदलाई आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएकी थिइन् । पेभेलियन फर्किनुअघि आइसाले २१ बलमा एक चौकाको मद्दतले २१ रन बनाएकी थिइन् । १४.३ ओभरमा उनी आउट हुँदा जान्तजियाले ७१ रन बनाएको थियो । 

तान्जनियाको पाँचौँ विकेटका रुपमा निमा पियुष पेभेलियन फर्किएकी थिइन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ६ रन बनाएकी थिइन् । उनलाई कप्तान इन्दू बर्माले रन आउट गरेकी थिइन् । १५.५ ओभरमा उनी आउट हुँदा तान्जनियाले ८५ रन बनाएको थियो ।  

तान्जनियाको छैठौँ विकेट पूजा महतोले लिएकी थिइन् । उनले तान्जनियाकी पेरिस जाकायोलाई नौ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएकी थिइन् । पूजाले पेरिसलाई बिन्दू रावलद्वारा क्याच गराएकी थिइन् । पेरिसले ६ बलमा एक चौका हिर्काएकी थिइन् । १८.२ ओभरमा पेरिस आउट हुँदा तान्जनियाले ९८ रन बनाएको थियो । 

शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ । नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । नेपालले तान्जिनियाविरुद्धको खेलको पनि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप