आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरको टाखेलमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : २६
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । ललितपुरको टाखेलमा मोटरसाइकल अनियन्त्रिय भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चापागाउँबाट टाखेल जाँदै गरेको बा.६० प ५१९५ नम्बरको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण कुमार चन्दले रातोपाटीलाई बताए । 

दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिन्धुलीको मरिण गाउँपालिका घर भएका २४ वर्षीय राम माझी र २५ वर्षका विजय माझीको मृत्यु भएको छ । 

मंगलबार साँझ उनीहरू मोटरसाइकलमा गोदावरी नगरपालिका–१० स्थित टाखेलमा चोकमा पुगेका हुन् । उनीहरूको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप