आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विश्वकप क्रिकेट

सेमिफाइनलमा यी खेलाडी बन्न सक्छन् ‘गेम चेन्जर’

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ३५
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल भारत र न्युजिल्याण्डबिच हुँदैछ । दुवै टिममा केही यस्ता खेलाडी छन् जसले उत्कृष्ट प्रदर्शनको माध्यमबाट खेलको नतिजालाई नै आफ्नो पक्षमा पार्ने सामर्थ्य राख्छन् ।

भारत

१. रोहित शर्मा : भारतीय टिमका कप्तान रोहित शर्मा क्रिजमा आउना साथ म्याचको रफ्तार बढाउन चर्चित छन् । उनी आक्रामक ब्याटिङका माध्यमबाट विपक्षीलाई हतोत्साही बनाउन सक्छन् । जारी विश्वकपमा ब्याटिङतर्फ उनको औसत १२१ स्ट्राइक रेटका साथ ५५ भन्दा माथि छ ।

रोहितले जारी विश्वकपका ९ म्याचमा ५०३ रन बनाएका छन् । उनले न्युजिल्याण्डविरुद्ध विश्वकप करिअरमा दुई म्याचमा २३.५० को औसत र १०६.८१ को स्ट्राइक रेटका साथ ४७ रन बनाएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहिले न्युजिल्याण्डविरुद्ध २८ म्याच खेलेर ९३५ रन बनाएका छन्, जसमा दुई शतक र पाँच अर्धशतक छन् ।

२. विराट कोहली : जारी विश्वकपमा विराट कोहलीले ९९ को औसतमा ५ अर्धशतक र दुई शतकसहित ५९४ रन बनाएका छन् । जारी प्रतियोगिताको ९ खेलमा उनी सात पटक ५० भन्दा बढी रन बनाएका छन् ।

विराटले न्युजिल्याण्डविरुद्ध विश्वकपका दुई म्याचमा ४८ को औसतले ९६ रन बनाएका छन् ।

३. जसप्रित बुमराह : जसप्रित बुमराह भारतको मुख्य बलर हुन् । उनले जारी विश्वकप प्रतियोगितामा ९ वटा म्याचमा १७ विकेट लिइसकेका छन् जसमा ३.६५ को इकोनोमीबाट रन दिएका छन् । न्युजिल्याण्ड विरुद्ध विश्वकपका दुई म्याचमा उनले दुई विकेट लिएका छन् ।

४. मोहम्मद सिराज : मोहम्मद सिराजले जारी विश्वकपका ९ म्याचमा १२ विकेट लिइसकेका छन् । यी म्याचमा उनले ५.२० को इकोनोमीबाट रन दिएका छन् । उनी पावर प्लेमा विपक्षी ब्याट्सम्यानमाथि दबाब बनाउन माहिर छन् । उनले जारी विश्वकप क्रिकेटको पावर प्लेभित्र ७ विकेट लिएका छन् ।

न्युजिल्याण्ड

१. केन विलियम्सन : न्युजिल्याण्डका कप्तान केन विलियम्सनले चोटका कारण जारी विश्वकप प्रतियोगितामा ३ म्याचमात्र खेलेका छन् । उनले जारी विश्वकपमा ९३.५० को औसतमा ब्याटिङ गरेका छन् । उनले दुई अर्धशतकका माध्यमबाट १८७ रन बनाएका छन् । उनले भारतविरुद्ध अघिल्लो विश्वकपको सेमिफाइनलमा ७०.५२ को स्ट्राइक रेटका साथ ६७ रन बनाएका छन् ।

२. रचिन रविन्द्र : रचिन रविन्द्र जारी विश्वकप प्रतियोगितामा न्युजिल्याण्डको ब्याटिङतर्फ मेरुदण्ड नै बनेका छन् । उनले विश्वकपको यो संस्करणमा तीन शतक र दुई अर्धशतक बनाएका छन् । उनले ७०.६२ को औसतमा १०८.४४ स्ट्राइक रेटका साथ रन बनाएका छन् । लिग चरणमा उनले भारतविरुद्ध ७५ रन बनाएका थिए ।

३. मिचेल स्यान्टनर : स्पिन बलिङमा मिचेल स्यान्टनरले न्युजिल्याण्डलाई महत्त्वपूर्ण म्याचमा हावी गराएका छन् । उनी जारी विश्वकपमा न्युजिल्याण्डका सर्वाधिक विकेट लिने बलर पनि बनेका छन् । उनले ९ म्याचमा १६ विकेट लिइसकेका छन् । उनको इकोनोमी ५ भन्दा पनि कम छ । अझ भारतविरुद्ध उनको इकोनोमी ३.५५ छ ।

४. ट्रेन्ट बोल्ट : न्युजिल्याण्डको पेस बलिङतर्फ ट्रेन्ट बोल्ट मेरुदण्ड नै हुन् । उनी पावर प्लेमा विपक्षी टिमलाई दबाबमा राख्न तथा विकेट लिन माहिर छन् । उनले जारी विश्वकप क्रिकेटमा कुल ९ म्याचमा १३ विकेट लिइसकेका उनले पावर प्लेभित्रै ६ विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप