आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन दिनदेखि सुरुङमा फसेका ४० मजदुरको अझै भएन उद्धार

मङ्गलबार, २५ वैशाख २०८१, १० : ४८
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा तीन दिनदेखि सुरुङमा फसेका ४० मजदुरलाई अझै उद्धार गर्न सकिएको छैन । उनीहरुको उद्धारका लागि गरिएका अहिलेसम्मका प्रयास विफल भएका छन् ।

सुरुङमा पुरिएको माटोको ढिस्को खसेपछि उनीहरु थुनिएका छन् । मंगलबार ड्रिल गर्ने मेसिन लगिएकोमा उक्त मेसिनमा प्राविधिक खराबी आएपछि उद्धारमा कठिनाइ भएको हो ।

उद्धारमा संलग्न अधिकारीहरुका अनुसार अब दिल्लीबाट अर्को मेसिन ल्याएर उद्धार कार्यलाई निरन्तरता दिने तयारी छ । सुरुङमा फसेका सबै मजदुर अहिलेसम्म सकुशल रहेको बताइएको छ । उनीहरुलाई  ट्युबका माध्यमबाट भोजन तथा पानीको व्यवस्था गरिएको छ ।

ब्रह्मखाल–यमुनोत्री राष्ट्रिय राजमार्ग अन्तर्गत सिल्क्यारा र डंडालगाउँबिच बनाइएको सुरुङको एउटा भाग आइतबार बिहान पुरिएको हो । साढे चार किलोमिटर लामो सुरुङ माटो खसेर पुरिँदा भित्र काम गरिरहेका मजदुर थुनिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप