आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटनामा एक जनाको मृत्यु

मङ्गलबार, २५ वैशाख २०८१, २१ : १६
मङ्गलबार, २५ वैशाख २०८१

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा अटो र मोटरसाइकल एक आपसमा ठोकिँदा अटोमा सवार  महिलाको मृत्यु भएको छ।पूर्व पश्चिम राजमार्गस्थित चन्द्रपुर ५ जगत पेट्रोल पम्प नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना २ ह २४५३ नं. को अटो र सोही दिशातर्फ आउँदै गरेको ज ७ प ८२५० नं. को मोटरसाइकल एक आपसमा ठोकिँदा अटोमा सवार  चन्द्रपुर ४ मुस्लिम टोलकी शैरुन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेको मोटरसाइकल, अटो र चालक नियन्त्रणमा रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप