आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

वनकरिया वस्तीमा उज्यालो छिर्दै

उद्यमशीलताका लागि साबुन बनाउने तालिम
बुधबार, २६ वैशाख २०८१, ०६ : ५६
बुधबार, २६ वैशाख २०८१

हेटौँडा । लोपोन्मुख र सिमान्तकृत जाति वनकरियाको बासस्थान रहेको एक मात्र वडा हो, मनहरी गाउँपालिका वडा नम्बर ४ । हेटौंडाबाट करिव २५ किलोमिटर पश्चिम दक्षिण यात्रा गरेपछि पुगिने उक्त वडा राप्ती खोलाको किनारबाट सुरु हुन्छ । राप्ती खोला र स्थानीय खहरेको किनारमा अवस्थित यस वडा गाउँपालिका केन्द्र रजैयाबाट दक्षिण पूर्वमा पर्छ । 

पर्सा राष्ट्रिय निकुन्जसँग सिमा जोडिएकोे यो वडामा ६०६ घरधुरी रहेका छन् भने २ हजार ८९२ जनसंख्या रहेको छ । कुल जनसंख्यामध्ये ९० जना वनकरिया समुदायका छन् ।वडा कार्याल यबाट दक्षिणतर्फ रहेको उक्त वनकरिया समुदायको बस्ती खहरेको किनारमा छ । वर्षा सुरु हुनासाथ आवतजावत ठप्प हुन्थ्यो । 

अहिले वनकरिया समुदायसम्म जोड्न मोडर बाटो निर्माण भएको छ । खहरेको किनारबाट ड्याम सहितको मोटर बाटो बनाइएको छ । बर्खामा स्कुल छुटाउन बाध्य वनकरिया विद्यार्थीहरुलाईअब भने स्थानीय सबैलाई सहज भएको छ । 

स्थानीय पशुपतिनाथ माविबाट करिव ३ किलोमिटर दूरीमा रहेको छ वनकरियावस्ती । ३ किलोमिटरमध्ये २ किलोमिटर सडक खहरेको बिच बगरमा पर्दछ । उक्त खहरेको बिच बगरबाट ड्याम निर्माण गरी २ किलोमिटर लम्बाइको सडक बनाइएको छ ।

prakash

वडाध्यक्ष प्रकाश थापाको पहलमा गत आर्थिक वर्षमा सो सडक निर्माण भएको हो । निर्वाचन पछिको पहिलो कार्यकालमा सो सडक निर्माणका लागि वडा कार्यालयमार्फत् गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने प्रदेश सरकार मार्फत् ४० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । 

कुल ५० लाख रुपैयाँ बजेटबाट निर्माण गरिएको उक्त सडक अझै पुरा भने हुन सकेको छैन । सो सडक शाखा सडकसम्म जोड्न ५०० मिटर ड्याम निर्माण गर्नुपर्ने हुन्छ ।

वडाध्यक्ष थापाका अनुसार ५०० मिटर सडक निर्माण गर्न सकेको खण्डमा वनकरिया वस्तीसम्म सडकको पहुँच पुग्थ्यो । तर, उक्त सडकका लागि चालु आर्थिक वर्षमा न गाउँपालिकाले बजेट विनियोजन गरेको छ, न नै प्रदेश सरकारले नै बजेट निरन्तरता गरेको छ ।

bato

२१ घरधुरी वनकरिया र चेपाङहरुको बस्ती रहेको उक्त क्षेत्रमा पुग्ने सो सडक पूरा गर्न थप ७० लाख रुपैयाँ आवश्यक पर्ने थापा बताउँछन् ।
सो बजेट प्राप्तीका लागि निरन्तर प्रयत्न गरी रहेको उनले बताए ।

बजेटको आकार ठुलो भएकाले वडा र गाउँपालिकाले पनि रकम विनियोजन गर्न नसकेको भन्दै वडाध्यक्ष थापाले बजेटका लागि मुख्यमयन्त्री तथा मन्त्रिपरिषद कार्यालय र भौतिक पूर्वाधार विकास कार्यालय हेटौंडामा पहल गरिएको बताए । 

balak

उद्यमशीलताका लागि साबुन बनाउने तालिम

वनकरिया समुदायलाई उत्पादन र उद्यमशीलतासंग जोड्न वडा कार्यालयले साबुन बनाउने तालिमको तयारी गरेको छ । प्रदेश सरकारले उद्यमशीलता विकासका कार्यक्रमअन्तर्गत ५ लाख छुट्याएको छ । 
मंसिरपछि सो बजेटबाट वनकरिया समुदायका लागि साबुन बनाउने तालिम सुरु गर्ने थापाको भनाई छ । त्यस्तै, वडा कार्यालयले वनकरिया समुदायका व्यक्तिहरुलाई २५ लाख रुपैयाँ लागतमा आयआर्जन कार्यक्रम सुरु गर्ने भएको छ । 

खेलकुद, कृषि र पर्यटनलाई जोड्न नरिवल खेती

वडा कार्यालयले वनकरिया वस्ती नजिकै रहेको नदी उकास जग्गामा नरिवल खेती गरेको छ । नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा फुटबल मैदान निर्माण गरिएको छ भने सो संगै १२०० थान नरिवलको बिरुवा रोपिएको छ ।

Screenshot 2023-11-16 070337

प्रधानमन्त्री रोजगार कार्यक्रम र वडाको करिब ११ लाख रुपैयाँ बजेटबाट नरिवलको बिरुवा रोपिएको हो । करिव ४ विघाको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरिएको थापाले बताए । 

नरिवलले नदी उकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र सो क्षेत्रको आयआर्जनमा सहयोग पुग्ने उनको भनाई छ । 

जिल्लामै पहिलोपटक सुरु गरिएको नरिवल खेतीलाई निरन्तरता दिने गाउँपालिकाको नीति रहेको छ । सोहीअनुसार नरिवल रोप्नका लागि बजेट विनियोजन भइ कार्यान्वयनको चरणमा रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप