आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला टी-२० क्रिकेट शृङ्खला : नेपालले हङ्कङविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लियो

बुधबार, २६ वैशाख २०८१, ११ : ४१
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृङ्खलाको बिहीबारको खेलमा नेपालले आयोजक हङ्कङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । शृङ्खलामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो ।

यसअघि बुधवार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । त्यो खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सकेको थियो । त्यसैले बिहीबार खेलिने हङ्कङविरुद्धको खेलमा नेपाल पहिलो जितको खोजिमा हुनेछ । नेपाली टोली नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा हङ्ककङ यात्रामा निस्किएको हो । शृङ्खलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप