आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा कैलालीबाट १ जना पक्राउ

बुधबार, २६ वैशाख २०८१, ११ : ४६
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । कैलालीको लम्कीचुहाबाट प्रहरीले बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय प्रकाश जैसी छन् । 

लम्कीचुहा नगरपालिका–३ स्थित ढुंगे बजारमा ३० वर्षीया युवतीलाई बलात्कार गरेको अरोपमा जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले रातोपाटीलाई बताए ।

मानसिक सन्तुलन गुमाएकी पीडितलाई उनले घरमा नै गएर बुधवार साँझ बलात्कार गरेको अरोप छ । घटनाबारे ईलाका प्रहरी कार्यालय लम्कीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप